कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ।नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल हुनेछ ।
सभापति देउवाले छलफलका लागि पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाएको उहाँको सचिवालयले जनाएको छ ।
सभापति देउवाले आज पदाधिकारीसँग छलफल गरेपछि भोलि बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने तयारी छ ।
गत असार २७ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्