तपाईँ सुन्दै हुनुहुन्छः

हेंवा खोलामा बेलीब्रिज निर्माण

पाँचथर । पाँचथरको मेची राजमार्गस्थित हेंवा खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । असार २ गतेको बाढीले पक्की पुल भत्काएर राजमार्ग अवरुद्ध भएको करिब एक महिनापछि ब्रिज निर्माण सम्पन्न भएको हो ।

बिज्र निर्माण भएपछि आइतबार मध्यान्हदेखि यातायात सञ्चालन भएको छ । पक्की पुल भत्किएको २९ दिनमा ४८.८० मिटर लम्बाई रहेको ब्रिज निर्माण गरिएको हो । ब्रिज सञ्चालनमा आएपछि साना सवारी साधनलाई प्राथमिकतामा राखेर यातायात सुचारु गरिएको पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

ब्रिजमा २५ टन भन्दा बढी भार भएका सवारी साधनलाई आवतजावतमा रोक लगाइएको छ ।

बाढीले पक्की पुल भत्काएपछि यातायात सञ्चालन हुन नसक्दा ताप्लेजुङसहित पाँचथरका याङवरक, हिलिहाङ र फालेलुङ गाउँपालिकाका बासिन्दा प्रभावित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button