तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै तहको एकल र साझा अधिकारको विषयमा सहकार्य आवश्यक’

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानले तीनै तहका सरकारको काम, कर्तव्य र अधिकारका विषयमा स्पष्ट व्यवस्था गरेकाले सोही अनुसारको गतिविधि भएको र हुने आशा व्यक्त गर्नुभएको छ ।

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा महोत्तरीको बर्दिबासमा आयोजित ‘संविधानको एकल तथा साझा सूचीका अधिकार कार्यान्वयनको अवस्था’ सम्बन्धी प्रदेश स्तरीय एक दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रदेश प्रमुख मिश्रले संघ र प्रदेशको साझा अधिकार, प्रदेश र स्थानीय तहको साझा अधिकार तथा संघ, प्रदेश र स्थानीय तीनै तहको साझा अधिकारका विषयमा तीनै तहका सरकारबीच सहकार्य र समन्वयमा जोड दिनुभयो ।

मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवले संविधानले प्रदान गरेको एकल तथा साझा अधिकारको विषयमा जानकारी दिन सरोकारवालाका लागि आयोजना गरिएको कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले प्रदेश सरकारको एकल अधिकारको सूचीमा पनि विवाद हुने गरेकाले प्रदेश सरकारले कतिपय सवालमा मुद्दा लडेर अधिकार स्थापित गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button