तपाईँ सुन्दै हुनुहुन्छः

तानसेन खानेपानी कार्यालयको ताला तदर्थ समितिले फुटायो

पाल्पा । बन्द रहेको तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयको ताला नयाँ बनेको तदर्थ समितिले फुटाएको छ । 

तदर्थ समितिले ताला फुटाएर मुचुल्का तयारी गरी आजदेखि कार्यालय सुचारु गरेको छ ।

डा.पुरनमान बज्राचार्यको अध्यक्षतामा रहेको पुरानो समितिलाई विघटन गरी असार २१ गते तानसेन नगरपालिकामा भएको उपभोक्ताहरूको भेलाले मोहन प्रसाद श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । उक्त गठित तदर्थ समितिले पुरानो विघटित समितिसँग पटक पटक साँचो बुझाउन आग्रह गर्दै आएकोमा साँचो नबुझाई मुद्दा मामिलामा लागेपछि ताला फुटाइएको जनाएको छ । 

उपभोक्ताको चाहना अनुसार काम गर्न ढिलो भएपछि ताला फुटाउन बाध्य भएको तदर्थ समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो । उहाँले छ महिनाभित्र कार्यालयलाई चुस्तदुरुस्त रुपमा सञ्चालन गर्ने बताउनुभयो । 

उहाँले पटक पटक पुरानो समितिलाई आग्रह गर्दा पनि ताला नबुझाएपछि बाध्य भएर सचिवालयको ताला फोर्नुपरेको बताउनुभयो । ताला फोरेर जिल्ला प्रशासन, तानसेन नगरपालिका, पत्रकार, तथा उपभोक्ताको रोहवरमा मुचुल्का गरिएको तानसेन खानेपानी तदर्थ समितिले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button