कोहलपुरमा मोटरसाइकल दुर्घटना एक युवकको मृत्यु
बाँके । कोहलपुर नेपालगन्ज सडक खण्डको पीपलचौतारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गए राती कोहलपुर– ११ पीपलचौतारामा मोटरसाइकल दुर्घटना हुँदा नेपालगन्जमा एक युवकको मृत्यु भएको हो ।
अनियन्त्रित भएर भे ७प ७११६ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिनुभएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक नेपालगन्ज– १८ कारकाँदोका सुभाष शाही रहनु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका शाहीको उपचार क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्