तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीलाई सङ्गठित तरिकाले अघि बढाउन नियमित बैठक आवश्यक : महामन्त्री थापा 

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टीको केन्द्रिय समितिको बैठक बस्न नसक्दा कुनै पनि विषयमा पार्टीले उपयुक्त निर्णय लिन नसकेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीलाई सङ्गठित र विधि संवत् तरिकाले अघि बढाउन पनि बैठक आवश्यक रहेको बताउनुभयो । 

केन्द्रिय समितिको अब बस्ने बैठकमा नियमित तवरले पार्टीलाई अघि बढाउन आफूले पार्टीको आगामी एक वर्षको कार्ययोजना प्रस्तुत गर्न लागेको उहाँले बताउनुभयो ।

एक प्रश्नमा उहाँले संसदीय दलको नेता परिवर्तन गर्ने ठाउँ पार्टीका विधानले दिएको र देशको आवश्यकता अनुसार आफूले जिम्मेवारी पाए पार्टीलाई सफल रुपमा अगाडी बढाउन सक्ने बताउनुभयो । 

उहाँले सत्ता गठबन्धन परिवर्तन गर्ने विषयमा आफूले नसोचेको बताउनुभयो । सरकार सञ्चालन गरिरहेका सत्ता गठबन्धन दलहरूसँगको एकता निरन्तर रहिरहने उहाँको भनाई थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button