गण्डकी प्रदेश सरकारको बजेट खर्च ६६.०७ प्रतिशत

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा ६६.०७ प्रतिशत अर्थात् २३ अर्ब ७२ करोड ५४ लाख ९९ हजार ७३ रुपैयाँ बजेट खर्च गरेको छ । सरकारले चालूतर्फ ८ अर्ब ४५ करोड६९ लाख ८ हजार ५ सय ५५ र पुँजीगततर्फ १५ अर्ब २६ करोड ८५ लाख ९१ हजार १ सय ७७ रुपैयाँ खर्च गरेको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा ३५ अर्ब ९० करोड ९० लाख बजेट ल्याएको थियो । सरकारले ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य लिएको थियो तर लक्ष्य भन्दा १४ प्रतिशत बजेट कम खर्च भएको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ७५.३८,अर्थ मन्त्रालयले ८०.६७ पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ८३.३१ प्रतिशत बजेट खर्च गरेका छन् ।
त्यस्तै भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ६६.९२, कानून मन्त्रालयले ३०.४५, आन्तरिक मामिलाले ८४.१४प्रतिशत बजेट खर्च गर्दा वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयले ८८.३१, भौतिक पूर्वाधार मन्त्रालयले ५७.४८, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ८५.४४, सामाजिक विकास मन्त्रालयले ८३.८३, युवा तथा खेलकुद मन्त्रालयले ७६.७९ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६१.४९ प्रतिशत खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्