बाँकेमा ब्राउनसुगरसहित दुई जना भारतीय युवा पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले नेपाल-भारत सीमा नाकास्थित जमुनाहा गाउँबाट ब्राउनसुगरसहित दुई जना भारतीय युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी बाँके र लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्जको संयुक्त टोलीले भारतबाट नेपालगञ्जतर्फ आउँदै गरेका रुपैडिहाका १९ वर्षीय जुनेद राई र १९ वर्षकै सलमान अलिलाई ४३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भारतीय नम्बर प्लेटको यूपी ३२ एमपी ६१८९ नम्बरको मोटरसाइकलमा रुपैडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका दुबै जनालाई चेकजाँच गर्दा जुनेदले खल्तीभित्र लुकाई राखेको अवस्थामा ४३ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्