अन्तर्राष्ट्रिय खेलबाट संन्यासबारे अझै सोचेको छैन : मेस्सी

काठमाडौँ । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताउनुभएको छ ।
गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी गरिरहेका बेला उहाँको यो टिप्पणी आएको हो ।
अर्जेन्टिनाको टेलिभिजनमा प्रसारण भएको एक अन्तर्वार्तामा ३६ वर्षीय मेस्सीले भन्नुभयो, “तार्किक रुपमा मेरो उमेरका कारण यो (संन्यास) धेरै टाढा हुनेछैन । त्यो क्षण कहिले आउँछ मलाई ठ्याक्कै थाहा छैन । म दिनदिनै चीजहरू लिइरहेको छु र हामीले अनुभव गरिरहेका यी सबै कुराहरूको आनन्द लिइरहेको छु ।”
गत डिसेम्बरमा कतारमा अर्जेन्टिनालाई विश्वकप जिताएपछि मेसीले फुटबलमा आफूले आशा गरेका सबै कुरा हासिल गरेको स्विकार्नुभएको थियो ।
अर्जेन्टिना कप्तानले फाइनलमा दुई गोल गरेपछि प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने गोल्डेन बल पनि जित्नुभएको थियो ।
मेस्सीलाई कहिले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुहुन्छ भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “मलाई लाग्छ समय आएपछि यो कुरा स्वभाविक रूपमा हुनेछ ।”
उहाँले भन्नुभयो, “पछिल्लो समयमा सबै कुरा हासिल गरिसकेपछि त्यसको आनन्द लिनु मात्र बाँकी छ ।” मेस्सीले जुलाई २१ मा फोर्ट लाउडरडेलमा मेक्सिकोको व्यावसायिक फुटबल समूहविरुद्ध लिग कपमा इन्टर मियामीका लागि पहिलो खेल खेल्नुहुनेछ ।
फ्लोरिडा क्लब हाल अमेरिकी महत्वपूर्ण लीग फुटबलको १५ टोली पूर्वी सम्मेलनको २१ खेलबाट १८ अङ्कको साथ अन्तिम स्थानमा छ । रासस








प्रतिक्रिया राख्नुहोस्