विद्यापति मैथिली भाषा साहित्य पुरस्कार चौधरीलाई
जनकपुरधाम । मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट स्थापित विभिन्न चार विधातर्फका २०७९ अन्तर्गतको पुरस्कार साहित्यकार अयोध्यानाथ चौधरीलगायत पाँच जना स्रष्टालाई प्रदान गरिएको छ ।
दुई लाख नगद राशि रहेको विद्यापति मैथिली भाषा साहित्य पुरस्कार धनुषाको विदेह नगरपालिका–२ का चौधरी, अनुवादतर्फ एक लाख राशिको पुरस्कार धनुषाको सहिदनगर नगरपालिका–२ निवासी उपप्राध्यापक रमेशकुमार यादव, पाण्डुलिपितर्फ महोत्तरीको लोहारपट्टी घर भई हाल जनकपुर निवासी साहित्यकार महेन्द्रकुमार मिश्र तथा ५०/५० हजार राशिको कला–संस्कृतितर्फको पुरस्कार जनकपुरधाम–१० निवासी आभाष लाभ र जनकपुरधाम–१४ निवासी वैद्यनाथ पटेललाई प्रदान गरिएको छ ।
विद्यापति पुरस्कार कोष जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मैथिली भाषाका महाकवि विद्यापतिले मधेस र पहाडीबीच भावनात्मक एकता कायम गर्न खेलेको भूमिका अवर्णनीय रहेको बताउनुभयो ।
कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिताकुमारी यादवले विद्यापतिले मैथिली भाषा साहित्यको विकासमा खेलेको भूमिकालाई सुरक्षित राख्न आवश्यक रहेको बताउनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्