तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा ब्राउनसुगरसहित तीन जना पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्जको बीपीचोकबाट दुई जनालाई ५ ग्राम ५ सय मिलिग्राम र जमुनाहाबाट एक जनालाई एक ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

बीपीचोकबाट नेपालगञ्ज–१६ जयसपुरका २० वर्षीय शाहिल आलम जसगढ र सोही ठाउँ बस्ने १८ वर्षका किशोर पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जमुनाहाबाट कोहलपुरका १९ वर्षीय प्रकाश परियार ब्राउनसुगरसहित पक्राउ परेका हुन् । भारतबाट पैदल नेपालगञ्जतर्फ आइरहेका उनको साथबाट १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर बरामद गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button