नेपाली आकाशलाई सुरक्षित बनाउने प्रयास जारी : मन्त्री किराँती

जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाली आकाशलाई सुरक्षित बनाउने प्रयासमा नेपाल सरकार निरन्तर रुपमा काम गरिरहेको बताउनु भएको छ ।
नागरिक उड्डयन मन्त्री किराँतीले आज जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आज भएको हेलिकप्टर दुर्घटना प्रति दुःख व्यक्त गर्दै घटनाको दुर्घटनाको विषयमा छलफल गरेर छानबिनका लागि विज्ञ सहितको समिति बताउने बताउनुभयो ।
उहाँले आकाशमा उड्ने साधनलाई जति नै सुरक्षित बनाएपनि दुर्घटना हुने गरेको बताउँदै यसका बाबजुद पनि कुनै दुर्घटना नहोस् भन्ने तर्फ नेपाल सरकार सचेत र गम्भीर रहेको बताउनुभयो ।

एक अर्को प्रश्नको जवाफमा मन्त्री किरातीले अहिलेको गठबन्धन परिवर्तन हुने विषयमा कुनै सत्यता नभएको बताउँदै वर्तमान गठबन्धनका सरकार पाँच वर्षसम्म चल्ने बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीले प्रधानमन्त्रीको सन्दर्भमा दिनु भएको अभिव्यक्ति गठबन्धन दलका बीचमा आलोपालो गरि चलाउने सहमति अनुसार आएको बताउँदै वर्तमान प्रधानमन्त्रीले देश र जनताको पक्षमा काम गरिरहेको बताउनुभयो ।
उहाँले वर्तमान प्रधानमन्त्रीले छोटो अवधिमा सुशासनको पक्षमा गर्नु भएको कामले जनतामा निक्कै आशा पलाएको बताउँदै राज्य प्रतिको विश्वास पनि बढेको दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्