ललिता निवास जग्गा प्रकरणमा जोडिएका जो सुकैलाई पनि कारबाही हुनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

पाल्पा । पूर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले ललिता निवास जग्गा प्रकरण लगायत देशै भरिका सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका जोसुकैलाई पनि कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
आज नेपाल पत्रकार महासङ्घ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफु लगायत पूर्वप्रधानमन्त्रीहरू थुप्रैको नाम जोडिएकाले सत्य तथ्य छानबिन गरि बाहिर ल्याउनु पर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा “ललिता निवास जग्गा प्रकरणमा कसै कसैले मेरो नाम पनि मुछेका छन् । स्वभाविक हो । मेरो पालामा भएकाले मेरो नाम आउन सक्दछ । कृष्णप्रसाद भट्टराईको पालामा भएकाले उहाँको नाम आउन सक्दछ । गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको पालामा भएको हुनाले उहाँहरूको नाम आउन सक्दछ । त्यस्तै केपी ओलीको पालामा भएकाले केपी ओलीको नाम आउन सक्दछ । बाबुराम भट्टराईको पालामा भएपछि उहाँको नाम आउन सक्दछ । प्रचण्डको पालामा भएपछि उहाँको नाम आउन सक्दछ । नाम आउने बित्तिकै आफूले बदमासी गरेको छैन भने आत्तिनु पर्ने कुनै आवश्यकता छैन ।” उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले सिस्टममा समस्या भए त्यसलाई सुधार गर्नुपर्ने बताउनुभयो । आफ्नो पालामा सरकारी जग्गा र अन्य जग्गा कानुन सम्बत ढङ्गबाट छुट्टाएर अगाडि बढाउनु भन्ने निर्णय भएको बताउनुभयो । उहाँले बताउनुभयो । उहाँले दोषी र निर्दोषीलाई एउटै घानमा राख्न नहुने बताउँदै यसो भयो भने असलहरूले प्रोत्साहन नपाउने र खराबहरूले खराब काम गर्न झन उदद्त हुने धारण राख्नुभयो ।
अध्यक्ष नेपालले भावना मिल्नेहरूले समाजवादी मोर्चा बनाएको बताउनुभयो । तत्कालै समाजवादी मोर्चा अर्को कम्युनिस्ट पार्टीको रुपमा रूपान्तरण नहुने बताउँदै उहाँले राजनैतिक स्थायित्वका लागी मोर्चा बनेको धारणा राख्नुभयो । नेपालले काँग्रेसकै सल्लाहमा मोर्चा बनेको जनाउँदै यसले राजनैतिक स्थायित्व हुने धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्