तपाईँ सुन्दै हुनुहुन्छः

परीक्षा दिएर फर्किँदै गरेका विद्यार्थीको मोटरसाइकल दुर्घटनामा निधन

वीरगञ्ज ।‍ ठाकुर राम बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत एक विद्यार्थीकाे परीक्षा दिएर सिमराबाट घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । 

बीबीएस तेस्रो वर्षमा अध्ययनरत विजय शर्मा सिमरा क्याम्पसबाट परीक्षा दिई आज दिउँसो घर फर्किने क्रममा  दुर्घटनामा पर्नुभएकाे हाे । 

तीव्र गतिमा रहेको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि नारायणी बयोधा अस्पतालमा पुर्‍याउँदै गर्दा  बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button