तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको बैठक भोलिसम्म स्थगित

काठमाडौँ I राष्ट्रिय सभाको आज बिहान ११ बजे भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

राष्ट्रिय सभाका अध्यक्षको सचिवालयका अनुसार विशेष कारणबस बैठक भोलिका लागि सारिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले हालै दिनुभएको एक सार्वजनिक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक केही दिनदेखि अवरुद्ध गर्दै आएको छ ।

हिजो बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच सदनको गतिरोध हटाउने सम्बन्धमा छलफल भए पनि त्यसले कुनै ठोस निष्कर्ष निकाल्न नसकेपछि प्रतिनिधिसभाको बैठक पनि सूचना टाँसेर आज दिउसो ३ बजेका लागि सारिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button