तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको अध्यक्षमा बुढाथोकी

सिन्धुपाल्चोक । नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा किशोर बुढाथोकी चयन हुनुभएको छ ।

आज भएको अधिवेशनबाट उपाध्यक्षमा निरोज चौलागाईं, महिला उपाध्यक्षमा कमला पाख्रिन, सचिवमा अनिस तिवारी, सहसचिवमा शान्ति श्रेष्ठ र प्रितम तामाङ, कोषाध्यक्षमा आदित्य दाहाल र सह कोषाध्यक्षमा सरु श्रेष्ठ चयन हुनुभएको निवर्तमान अध्यक्ष दुर्गा आचार्यले जानकारी दिनुभयो ।

सदस्यहरूमा भवनाथ आचार्य ,अधिराजकुमार बस्नेत, नवीन काफ्ले, चण्डिका नेपाली, पुस्पा सुनार, कौशिला नेपाली, फूलमान तामाङ, सुस्मिता सिग्देल र नेत्रबहादुर बस्नेत रहनुभएको आचार्यले जानकारी दिनुभयो ।

अधिवेशनको काङ्ग्रेस सहमहामन्त्री बद्री पाण्डेले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button