प्रदेशसभाको बैठक २३ दिनपछि आज बस्दै

जनकपुरधाम । मधेश सरकारले बजेट ल्याएको २३ औँ दिनमा प्रदेशसभा बैठक बस्न लागेको छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले प्रदेश सरकारको आव २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
बैठकमा प्रदेश सरकारको आव २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र त्यसपछि पुनः अर्थमन्त्री यादवले प्रदेश सरकारको छलफलमा उठेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
यस्तै, अर्थमन्त्री यादवले विनियोजन विधेयक, २०८० सभामा प्रस्तुत गर्ने र मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र त्यसलाई पारित गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रंजितकुमार यादवले जानकारी दिनु भएको छ ।
प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट तथा कार्यक्रम असार मसान्त भित्रमा पारित गर्नु पर्ने संवैधानिक व्यवस्था रहेको मधेश प्रदेशका अर्थ मन्त्रालयका सचिव प्रेम प्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्