तपाईँ सुन्दै हुनुहुन्छः

एक महिना अगावै विश्वासको मत लिने कोशी प्रदेशका मुख्यमन्त्री थापाको भनाई

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले एक महिना अगावै आफूले विश्वासको मत लिने बताउनुभएको छ । 

मुख्यमन्त्री पदको सपथ लिएपछि सञ्चारकर्मी सँग कुरागर्दै उहाँले गठबन्धन दलको सहमतिमा वनेको यो सरकारले जनताको चाहना अनुसार काम गर्ने बताउनुभयो । भोलीका दिनमा सरकारले विश्वासको मत लिन सफल हुन्छ वा हुँदैन भन्ने कुरा छ तर यो सरकारले सबै दलको सहमतिमा विश्वासको मत लिने उहाँको दाबी थियो ।  

संविधानको मूल्य र मान्यता अनुसार यो सरकार गठन भएको उहाँको भनाई थियो । उहाँले पहिलो चरणमा आज दुई जना मन्त्रीले सपथ लिएपनि केही दिनमै मन्त्री मण्डल पूर्ण रुपमा विस्तार हुने बताउनुभयो ।  दलहरूको सहमतिमा मन्त्रीमण्डलले पूर्णता पाउने र मन्त्रालयको स‌ख्या समेत सरकारले नबढाउने उहाँले प्रष्ट पार्नुभयो । 

उहाँले सरकारको अगाडि धेरै चुनौती छन् भन्नुहुँदै उहाँले चुनौतीलाई  अवसरकाको रुपमा लिएर  सरकारले काम गर्ने उल्लेख गर्नुभयो । उहाँले. कोशी प्रदेशलाई समृद्ध प्रदेश बनाउनका लागि निजी क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button