तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको आज (बिहीबार) को बैठकले आगामी आवको बजेट बहुमतले पारित गरेको हो ।

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको असहमतिका बीच सत्तारुढ दलको बहुमत सदस्यहरूको समर्थनमा सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पारित भएको छ ।

बजेटमा प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत प्रतिपक्षी राप्रपा र नेकपाका ४३ सांसदहरु विपक्षमा रहनुभएको थियो । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका ६७ जना सांसदहरु बजेटको पक्षमा रहनुभएको थियो ।

बागमती प्रदेश सरकारले गत असार १ गते ६२ अर्ब ७० करोड ९० लाखको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button