कांग्रेस जिल्ला सभापतिहरूको बैठक : साङ्गठनिक विषयमा छलफल
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा पार्टीका जिल्ला सभापतिहरूको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज प्रारम्भ भएको छ ।
बैठकमा ४२ जिल्लाका पार्टी सभापति र १८ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । वर्षा र बाढीपहिरो लगायतका विविध कारणले उपस्थित हुन नसक्नुभएका जिल्ला सभापतिहरूलाई ‘जुम’मार्फत बैठकमा जोडिएको कांग्रेस कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
बैठकमा काँग्रेसको सदस्यता, क्रियाशील सदस्यताको सन्दर्भमा प्रविधिमैत्री व्यवस्थापन तथा विभिन्न तहको सम्मेलनका बारेमा पार्टीका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यक्रमको सुरुमा प्रकाश पार्नुभएको थियो ।
बैठकमा धारणा राख्ने क्रम जारी छ । भोलि असार २२ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको बैठक पुनः बस्ने कार्यवाहक मुख्यसचिव डा पराजुलीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्