दोहोरो नागरिकता लिएको आरोप लागेपछि उपमेयर प्रहरी कार्यालय हाजिर

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवलाई दुई देशको नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि आज जिल्ला प्रहरी कार्यालयमा आफै हाजिर हुनु भएको छ।
नागरिकता सम्बन्धी आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उपप्रमुख यादव बुधबार जिल्ला प्रहरी कार्यालय राजविराजमा उपस्थित हुनु भएकाे हाे।
उच्च अदालत जनकपुर, राजविराजको परमादेशपछि दुई दिनअघि यादव र उनका श्रीमान् महेन्द्रकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि उपप्रमुख यादव आफैँ प्रहरीसमक्ष उपस्थित हुनु भएकाे हाे ।
सोही नगरपालिका वडा नं ४ का ३५ वर्षीय कृष्णकुमार यादवले उपप्रमुख र उहाँका श्रीमान् विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। उक्त उजुरी उपर कारबाही प्रक्रिया अघि नबढाएको भन्दै उनले उच्च अदालतमा परमादेशका लागी तीन महिनाअघि निवेदन दिएका थिए।









प्रतिक्रिया राख्नुहोस्