तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको बैठकको सुरुमा नेकपा एमालेका सांसद रघुजी पन्तले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचनका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुभएको अभिव्यक्तिले देशको शिर निहुरिएको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

सांसद पन्तले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद अघि बढ्न नदिने बताउनुभए पनि सभामुख देवराज घिमिरेले सांसद छिरिङ ल्हामु लामालाई बोल्न समय दिनुभयो ।

तर एमालेका सांसदहरूले उठेर नाराबाजी सुरु गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button