तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको छ ।

बैठकको कार्यसूचीमा प्रवेश गर्नु अघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै सांसदहरुले सदन अवरुद्ध गरेपछि ३ बजेसम्मका लागि स्थगित भएको हो ।  

सभामा सांसदहरुले प्रधानमन्त्री प्रचण्डको प्रधानमन्त्री बन्ने सम्बन्धमा दिनुभएको अभिव्यक्ति स्वीकार्य नभएको भन्दै सदन अवरोध गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक पुन सुचारु हुनेगरी स्थगन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button