तपाईँ सुन्दै हुनुहुन्छः

भैरहवाका प्रखर केसीलाई अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण पदक 

भैरहवा । जुलाई १ र २ तारिख थाइल्याण्डमा सम्पन्न ‘द सिक्थ हिरोज तेक्वान्दो इन्टरनेशनल च्याम्पियनसिप–२०२३’ (प्रतियोगिता) मा भैरहवाका प्रखर के.सी.ले स्वर्ण पदक जितेका छन् । 

११–१२ वर्ष उमेर समूह अन्तर्गत पुरुषतर्फ (४६ केजी भन्दा माथि) समूहमा प्रतिस्पर्धा गरेका के।सी।ले स्वर्ण पदक प्राप्त गर्न सफल भएका हुन् ।

सिद्धार्थनगर नगरपालिका–३ निवासी ११ वर्षीय के.सी. काठमाडौँको जोरपाटीस्थित चेल्सी वर्ल्ड स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । स्वर्ण पदक जितेका प्रखरका बुवा धर्म बहादुर के.सी. र आमा रमिला थापा मगर के.सी.ले खुसी व्यक्त गर्नुभएको छ। छोराको यो सफलताले आफूहरू निकै खुसी भएको र शिक्षासँगै खेलकुद क्षेत्रमा अगाडि बढ्न सक्दो सहयोग गर्ने उहाँहरूको भनाइ छ ।

उक्त स्कुलका खेल प्रशिक्षक अनुभव जङ्ग थापाको नेतृत्वमा प्रतियोगितामा खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा २५ मुलुकका खेलाडीहरू सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button