झापामा ५० हजार चालक कारबाहीमा, ट्राफिक प्रहरीले उठायो तीन करोडबढी जरिवाना

भद्रपुर, झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्ष ०७९/०८० को ११ महिनामा ५० हजारभन्दा बढी सवारी र तिनका चालकलाई कारबाही गरेको छ । नियम पालना नगर्ने सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् ।
चालु आर्थिक वर्षको जेठ महिनासम्म ५० हजार तीन सय सवारी–साधन र तिनका चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताउनु भयो ।
सवारीको स्वरूप बिगार्ने, मापसे गरेर चलाउने, नियम उलङ्घन गर्ने, सवारी चालक अनुमति पत्रबिना सवारी चलाउनेलगायतका विषयमा ट्राफिक प्रहरीले चालकमाथि कारबाही गरेको खड्काले जानकारी दिनुभयो ।
यसरी सवारी र तिनका चालकमाथि कारबाही गरेर झापा ट्राफिक प्रहरीले जरिवानाबापत तीन करोड ४५ लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
मापसे गरेर सवारी चलाउने चालकबाट मात्रै १९ लाख रुपैयाँ जरिवाना असुल भएको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्