तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु 

सल्यान । सल्यानमा दुर्घटनामा परी गम्भीर घाइते एक जनाको मृत्यु भएको छ । सल्यान बागचौर नगरपालिका १० पिपलनेटाका अन्दाजी ५० वर्षीय लाल बहादुर वि.क.को उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बुधबार बिहान बागचौर नगरपालिका २ थारमारे बजारबाट वडा न १ ठिन्वाङ जिउला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्याक्टर ठिनवाङ खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चालक सहित ३ जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते मध्येका वि.कलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकोमा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । 

दुर्घटनामा परी गम्भीर घाइते बागचौर नगरपालिका १ गैरावेदका ट्याक्टर चालक २४ वर्षीय युवराज रोकायको नेपालगञ्ज र सोही ठाउँका ४५ वर्षीय काली बहादुर बस्नेत सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको उहाँको भनाई छ । ट्याक्टर सडकबाट एक सय मिटर तल खसेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button