तपाईँ सुन्दै हुनुहुन्छः

भारतलाई नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि

काठमाडौं । भारतले नवौँ पटक साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजनामा भएको १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको छ । मंगलबार बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटको सडन डेथमा पराजित गर्दै भारतले उपाधि उचालेको हो ।

बैङ्गलोरस्थित श्री कान्तीरावा स्टेडियममा भएको फाइनल खेलमा भारतले आमन्त्रित टोली कुवेतलाई सडन डेथमा पराजित गरेको हो । त्यसअघि निर्धारित ९० मिनेटभित्र दुवै टोली १-१ गोलको बराबरीमा रोकिएपछि खेल अतिरिक्त ३० मिनेटसम्म लम्बिएको थियो । जसमा दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल विजेताको निर्णय टाइब्रेकरमार्फत टुंगो लागेको हो ।

टाइब्रेकरमा पनि ४–४ को बराबरीपछि खेल सडन डेथमा पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button