मिनीस्कर्ट र हाफपाइन्ट लगाएर झापा जिल्ला अदालतमा प्रवेश गर्न नपाइने
भद्रपुर, झापा । झापा जिल्ला अदालत भद्रपुरले सेवाग्राहीले लगाएर आउने पोसाकमा कडाइ गरेको छ ।
अदालत प्रशासनले एक सूचना जारी गर्दै अदालतमा काममा आउने सेवाग्राहीहरूले अदालतको परिसरभित्र घुँडाभन्दा माथि महिलाको हकमा मिनीस्कट र पुरुषको हकमा हाफ पाइन्टजस्ता अस्वाभाविक देखिने प्रकारका पोसाक लगाएर प्रवेश गर्न निषेध गरिएको जानकारी गराएको छ ।
अस्वाभाविक पोसाक लगाएर प्रवेश गर्नेलाई प्रहरीले गेटबाटै फर्काइदिने अदालत प्रशासनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्