राप्तीको बाढीमा फसेका ६ जनाको सकुशल उद्दार
नेपालगञ्ज । बाँकेमा राप्ती नदीको बाढीमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ । बाख्रा चराएर फर्किने क्रममा एक्कासी राप्ती नदी बढेपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरका एक जना पुरुष र पाँच जना महिला बाढीमा फसेका थिए । बाढीमा फसेका उनीहरूको गएराती नै सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाढीमा फसेका दलबहादुर पुन, दिलसरा थापा, खली खत्री, दिलकुमारी कनौ, दिलिसा थापा र ममता पुनको उद्धार गरेको हो । उनीहरूसँगै बाढीमा फसेका ७८ वटा बाख्राको पनि उद्धार गरिएको छ । पहाडी जिल्लाहरूमा निरन्तर पानी परिरहेकाले राप्ती नदीको सतह बढेको छ ।








प्रतिक्रिया राख्नुहोस्