तपाईँ सुन्दै हुनुहुन्छः

हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गर्दै आएको छ : मन्त्री महत

पोखरा । अर्थमन्त्री डा प्रकाशशरण महतले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको बताउनुभएको छ ।

file photo

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अर्थमन्त्री डा महतले राणा शासनदेखि पञ्चायत हुँदै माओवादीलाई शान्ति प्रक्रिया ल्याइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने काम काँग्रेसकै नेतृत्वमा भएको बताउनुभयो ।

लामो इतिहास बोकेर आएको पार्टीका भएकाले कार्यकर्तालाई विचलित नभई सङ्गठित रुपमा अगाडि बढ्न उहाँले सुझाव दिनुभयो । आफूले गरेका कामको प्रचारप्रसार गर्न नजानेकै कारण कांग्रेस पछि परेको भन्दै उहाँले नयाँ पार्टीले सानो काम गरे पनि सामाजिक सञ्जालबाट ठूलो बनाएर प्रचारप्रसार गर्ने गरेको दाबी गर्नुभयो ।

कानूनी शासनमा विश्वास गर्ने पार्टी भएकाले नेपाली काँग्रेसप्रति आमजनताको विश्वास र भरोसा सधैँ आएको बताउँदै उहाँले कार्यकर्तालाई एक ढिक्का हुन आग्रह गर्नुभयो ।

उहाँले मुलुकमा आर्थिक उन्नति तथा समृद्धिका लागि जनता केन्द्रित कार्यक्रम आवश्यक रहेको बताउनुभयो । जनता केन्द्रित कार्यक्रम नल्याएसम्म देशले विकासमा फड्को मान नसक्ने भन्दै उहाँले सोहीअनुसारको कार्यक्रम ल्याइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button