तपाईँ सुन्दै हुनुहुन्छः

संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा गठन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताउनुभएको छ ।

नेपाल नेवा: राष्ट्रिय सङ्घ (समाजवादी)को प्रथम बागमती प्रदेश कमिटी भेलामा अध्यक्ष नेपालले लामो जनसङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिविरुद्ध षड्यन्त्र भइरहेकाले समाजवादी मोर्चा निर्माण भएको बताउनुभयो । मोर्चा कसैलाई एक्लाउनका लागि नभएको उहाँको दाबी छ ।

अध्यक्ष नेपालले आफ्नो तत्काल कुनै पार्टीसँग एकता नहुने स्पष्ट पार्नुभयो । परिवर्तनका पक्षधर शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले संविधानबारे विमति राख्ने शक्ति पनि प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले मोर्चाको आगामी कार्यदिशा र कार्यक्रम तय गर्न बैठक आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

देशमा सामाजिक न्याय तथा सुशासन कायम हुन नसकेकाले बेथिति बढेको बताउँदै उहाँले प्रगतिको बाधक तत्त्वका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्न सबै दलको साझा दृष्टिकोणको खाँचो औँल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button