तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय कविता प्रतियोगितामा रोल्पाका मगर प्रथम

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले पहिलो पटक आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय कवि प्रतियोगिता रोल्पाका टङ्क बहादुर झाँक्री मगर प्रथम हुनुभएको छ ।

प्रतियोगितामा कपिलवस्तुका शिशिर बन्जाडे दोस्रो, नवीन अभिलाषी तेस्रो र सान्त्वना पद्मावती रिजाल हुनुभयो । प्रतियोगितामा प्रथमलाई २५ हजार र दोस्रोलाई २० हजार, तेस्रोलाई १५ हजार र सान्त्वनालाई १० हजार नगदसहित प्रमाण पत्रले सम्मान गरियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकले साहित्यले समाजको भावना बोल्नुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट ५१ कविहरूले प्रतियोगितामा भाग लिएकोमा २५ जना कविहरूले आफ्नो कविता प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button