तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा परी मलेसियामा सल्यानका युवाको मृत्यु

सल्यान । सल्यान वनगाड कुपिण्डे नगरपालिका ११ रैकरका ३१ वर्षका प्रकाश वलीको मलेसियामा मृत्यु भएको छ । डिउटीबाट फर्कँदै गर्दा बुधबार साँझ भएको दुर्घटनामा परी वली गम्भीर घाइते हुनुभएको थियो ।

वलीको उपचारको क्रममा बिहीबार बिहान २ बजे मृत्यु भएको थियो । मलेसियाको काजाङ्गमा साइकलबाट लडेर मृत्यु भएको मृतकका काका हिरालाल वलीले जानकारी दिनुभयो ।

१ वर्ष अघि मात्र मलेसिया जानुभएका वलीका ३ छोरा र श्रीमती छन् । तत्काल मलेसियाबाट नेपाल ल्याउन पहल गरिदिन मृतक वलीको परिवारले सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button