कपिलवस्तुमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा १ को मृत्यु ३ घाइते

कपिलवस्तु । जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ६ बद्दौरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार साझ करिब ६ बजे तिर भएको दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
हुलाकी सडक अन्तर्गत बद्धौरमा लुं ३४ प २२२२ र युपि ५५ वाइ २११३ नम्बरको मोटरसाइकल एकआपसमा जुधेर दुर्घटना भएको इप्रका गणेशपुरले जनाएको छ ।दुर्घटनामा विजयनगर गाउँपालिकाका फिल्ड सहायक कर्मचारी विजयनगर गाउँपालिका वडा नं। २ निवासी बर्ष २८ का गिरिजा बाबु थापाको उपचारका क्रममा बुधबार राती निधन भएको प्रहरीले जनाएको छ ।
अन्य तिन जना घाइतेहरूको उपचार भइरहेको छ । घाइतेहरूमा विजयनगर गाउँपालिका वडा नं। ६ निवासी वर्ष २८ का महेन्द्र भर, वडा नं. ६ निवासी बर्ष ३० का मिलन मौर्या र भारत निवासी मृतक थापाका आफन्त दीपेन्द्र सिं क्षेत्री रहेको इप्रका गणेशपुरले जनाएको छ ।
घाइतेहरू मध्ये दुई जनाको चन्द्रौटा सञ्जीवनी सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागी बुटवल लगिएको र एक जनाको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इप्रका गणेशपुरले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्