तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय स्वाधीनता र सद्भावयुक्त समाज निर्माणमा लाग्न मन्त्री शर्माको आह्वान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व बकर ईद (ईद उल अजहा ) को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

 शुभकामना व्यक्त गर्दै उहाँले  सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमार्फत समाजवादउन्मुख अर्थतन्त्र, राष्ट्रिय स्वाधीनता र सद्भावयुक्त समाज निर्माणमा लाग्न इस्लाम धर्मावलम्बी सबै समुदायमा हार्दिक आह्वान गर्नुभएको छ । १४४४ जिल–हिज्जाको १० तारिखमा मुस्लिम समुदायले मनाउने इद–उल अजहा (बक्र इद) हर्षोल्लासमय वातावरणमा तीन दिनसम्म मनाइने ठूलो चाड हो ।

यस चाडका अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने गरिन्छ । यस पर्वमा बिहान सबेरै उठेर स्नान गरी शुद्ध हुने र खुला स्थान, इदगाहा वा मस्जिदमा गई इद–उल अजहाको नमाज पढ्ने र एकआपसमा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान पछि आआफ्नो घरमा गई कुर्वानी गर्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button