तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीका ५ वटा पालिकाहरूको बजेट यस्तो छ 

पोखरा । कास्कीका ५ वटा पालिकाहरूको आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि ९ अर्ब ६७ करोड ७२ लाखको बजेट सार्वजनिक भएको छ । आउँदो आर्थिक वर्षका लागि पोखरा महानगरपालिकाको सबैभन्दा धेरै बजेट रहेको छ भने सबै भन्दा कम बजेट रुपा गाउँपालिकाको रहेको छ । 

क्षेत्रफलका हिसाबले देशकै ठुलो महानगर पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट चालु आर्थिक वर्षको तुलनामा २० प्रतिशत कम ल्याएको हो । पोखरा महानगरले आउँदो वर्षको लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट ल्याएको छ भने यो बजेट चालु आर्थिक बर्ष २०७९/०८० को भन्दा २० प्रतिशतले कम बजेट आएको हो । चालु आर्थिक बर्ष भन्दा आउँदो आर्थिक वर्षको बजेट २०.४५ प्रतिशत अर्थात् १ अर्ब ८३ करोड ८७ लाख १२ हजारले कमी हो । त्यसै गरी कास्कीको रुपा गाउँपालिकाको बजेट ४३ करोड २९ लाख रहेको छ । 

माछापुच्छ्रेको बजेट ६१ करोड
त्यसै गरी कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि ६१ करोड ६८ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले गाउँ सभामा उक्त बजेट हालै सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा माछापुच्छ्रे गाउँपालिकाले ६८ करोड ९४ लाख ३० हजारको बजेट विनियोजन गरेको थियो । 

संघीय सरकार सशर्त अनुदान २६ करोड ५२ लाख, संघ समपूरक अनुदान तर्फ १ करोड ६५ लाख, संघ विशेष अनुदान रु.एक करोड ३० लाख, संघीय सरकार राजश्व बाँडफाँट रु १० करोड ३८ लाख ५७ हजार अनुमान गरिएको उपाध्यक्ष अधिकारीले बताइन् । यसैगरी प्रदेश सरकार वित्तीय समानिकरण अनुदान एक करोड २० लाख, प्रदेश सरकार राजश्व बाँडफाँट ७४ लाख, ४३ हजार, प्रदेश सरकार विशेष अनुदान ३० लाख र प्रदेश सरकार समपूरक अनुदान ७० लाख अनुमान गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको आन्तरिक राजश्व अनुमान छ करोड २८ लाख, चालु वर्षको बैङ्क मौज्दात रकम ३ करोड, घर जग्गा रजिष्ट्रेशन शुल्क ८० लाख, जनसहभागिता १० लाख अनुमान गरिएको बजेट उल्लेख छ । 

मादीको बजेट ८८ करोड ८२ लाख 
कास्कीको मादी गाउँपालिकाले आउँदो आर्थिक वर्षको लागि ८८ करोड ८२ लाखको बजेट ल्याएको छ ।  पालिकाको तेहौं गाउँ सभामा मार्दी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङले उक्त बजेट हालै सार्वजनिक गर्नु भएको हाे । चालु आर्थिक वर्षका लागि मादीको बजेट ७१ करोड ९७ लाख रहेको छ । 

विनियोजित उक्त बजेट आर्थिक विकास तर्फ ६ करोड ३० लाख ५८ हजार, सामाजिक विकास तर्फ ४९ करोड ९९ लाख १५ हजार, पूर्वाधार विकास तर्फ १७ करोड ४१ लाख १५ हजार, सुशासन तथा संस्थागत विकास तर्फ १३ करोड ८३ लाख २१ हजार बजेट विनियोजन भएको उपाध्यक्ष गुरुङले बताउनुभयो । 

अन्नपूर्ण गाउँपालिकाको बजेट ५८ करोड ७६ लाख 
कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५८ करोड ७८ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आ.व. २०८०/०८१ का लागि चालुतर्फ ४० करोड ५३ लाख ३५ हजार र पुँजीगत तर्फ १८ करोड २५ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले बताइन् । गाउँपालिकाले कृषि, पर्यटन ऊर्जा र पूर्वाधारमा बजेटले विशेष जोड दिएको गाउँपालिकाका अध्यक्ष बिष्णु केसीले बताए । उक्त बजेट पूर्वाधार विकासतर्फ १४ करोड ९० लाख, आर्थिक विकासतर्फ १४ करोड ६० लाख, सामाजिक विकास तर्फ ३२ करोड ३८ लाख विनियोजन गरिएको बजेटमा उल्लेख छ । त्यस्तै कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १० करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

रुपाको बजेट ४३ करोड 
कास्कीको रुपा गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट ४३ करोड २९ लाख सार्वजनिक गरिएको छ । उक्त बजेटको चालु खर्चका लागि ३३ करोड ८५ लाख अनुमान गरिएको छ भने पूँजीगत तर्फ ९ करोड ४४ लाख खर्च हुने अनुमान गरिएको उपाध्यक्ष लालसुव्वा गुरुङले बताउनुभयो । 

अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान तर्फ ७ करोड ८० लाख, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड तर्फ ६ करोड ७३ लाख , नेपाल सरकार ससर्त अनुदान तर्फ २० करोड १९ लाख, नेपाल सरकार समपूरक अनुदान तर्फ ८० लाख, नेपाल सरकार विशेष अनुदान तर्फ १ करोड २० लाख, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँड ४८ लाख, गण्डकी प्रदेश सरकार समपूरक अनुदान तर्फ ५० लाख, गण्डकी प्रदेश सरकार समानीकरण अनुदान तर्फ ९४ लाख, गण्डकी प्रदेश सशर्त अनुदान रकम ५० लाख प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख गरिएको छ । 

पोखराको बजेट ७ अर्ब १५ करोड १५ लाख 
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आएको बजेट चालु आर्थिक वर्षको तुलनामा २० प्रतिशत कम आएको छ । पोखरा महानगरले आउँदो वर्षको लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट ल्याएको छ भने यो बजेट चालु आर्थिक बर्ष २०७९/०८० को भन्दा २० प्रतिशतले कम बजेट आएको हो ।

चालु आर्थिक बर्ष भन्दा आउँदो आर्थिक वर्षको बजेट २०.४५ प्रतिशत अर्थात् १ अर्ब ८३ करोड ८७ लाख १२ हजारले कमी हो । आइतबार पोखरा सभागृहमा आयोजना गरेको १३ औँ नगरसभामा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त बजेट सार्वजनिक गरेकी हुन्। चालु आर्थिक वर्षमा कुल विनियोजित रकममध्ये आन्तरिक स्रोत वाट ४ अर्ब ३० करोड १५ लाख ५२ हजार सङ्कलनको लक्ष्य राखिएकोमा हालसम्म १ अर्ब १९ करोड ७१ लाख ९२ हजार सङ्कलन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button