तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।

उक्त बैठक आज बिहान १०.३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिनुभयो । बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button