कोहलपुरमा छतबाट खसेर एक जनाको मृत्यु
काेहलपुर । बाँकेकाे कोहलपुर १२ चपरगौडी बस्ने माइला दाइको नामले परिचित अन्दाजी ४५ वर्षका नमराज गुरुङको छ्तबाट खसेर मृत्यु भएको छ ।
सोमबार राति गर्मीले आत्तिएपछि छतमा हावा खान गएका उनी एक्कासि साढे दश बजेतिर छतबाट खसेको घरबेटी सन्ध्या लामाले बताउनुभयाे ।
मृतककाे शव नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राखिएको छ ।
गुरुङ सानैदेखी अरुको घरमा बस्दै आएको र उहाँकाे कोही आफन्त नभएकोले पोष्टमार्टम पछि गाउँमै ल्याएर सबै छिमेकी मिलेर भोलि दाहसंस्कार गरिने स्थानीय कुश्माखर चपाईले जानकारी दिनुभयाे ।








प्रतिक्रिया राख्नुहोस्