तपाईँ सुन्दै हुनुहुन्छः

जसपाद्वारा अध्यक्ष यादवको नेतृत्वमा विधान प्रमाणीकरण समिति गठन

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा ६ सदस्यीय विधान प्रमाणीकरण समिति गठन गरेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज सम्पन्न विधान अधिवेशनमा टोलीका नेताहरूले दिएको सल्लाह, सुझाव र फरक मतलाई विधान प्रमाणीकरण समितिले संशोधन गरी विधानमा समावेश गर्ने प्रवक्ता मनिष सुमनले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

पार्टीको विधान अधिवेशनले विधानलाई परिमार्जन सहित पारित गरेको पनि उहाँले बताउनुभयो ।

गत आइतबारदेखि सुरु भएको विधान अधिवेशनमा पार्टीका अध्यक्ष यादवले प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि १० समूहमा विभाजन गरी छलफल भएको थियो ।

विधान प्रमाणीकरण समितिका सदस्यहरूमा रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, लालबाबु राउत, दीपेन्द्र झा, सुशीला श्रेष्ठ रहनुभएको छ ।

मुलुकभरबाट विधान अधिवेशनमा एक हजार बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button