हेवा खोलामा डाइभर्सन सफल भएसँगै मेची राजमार्गमा यातायात आवागमन सुचारु

पाँचथर । मेची राजमार्गको हेवा खोलामा ह्युम पाइप मार्फत पानी तर्काएर डाइभर्सन गर्ने काम सफल भएसँगै मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड सुचारु भएको छ ।
असार ३ गते राति आएको बाढीले पुल बगाएपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको थियो ।
डाइभर्सन राख्ने काम सफल भएसँगै मङ्गलवार अपराह्न साढे दुई बजेदेखि हेवा खोलाबाट सवारी र ढुवानीका साधन वारपार गर्न थालेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।
खोलामा १६ वटा ह्युम पाइप राखेर डाइभर्सन गरिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख बिदुर पोखरेलले बताउनुभयो ।हेवा खोलाको पुल बगेपछि पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकासँगै सिङ्गो ताप्लेजुङ जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य वस्तु आपूर्ति हुन सकेको थिएन ।








प्रतिक्रिया राख्नुहोस्