तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकार दृढ छ : मन्त्री गुरुङ

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूका जवाफ दिनुहुँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबन्धमा सरकार दृढ रहेको बताउनुभयो ।

मन्त्री गुरुङले मानव अधिकारको संरक्षण र न्यायमा सबैको पहुँच स्थापित गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। 

मन्त्री गुरुङले सङ्घीय निजामती सेवा ऐन, सङ्घीय  शिक्षा ऐन लगायत आवश्यक आवश्यक कानून निर्माणमा मन्त्रालय तदारुकताका साथ लागि परेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button