भूमिहीनहरूका समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ ।
बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले सरकार भूमिको दिगो विकास र उपयुक्त व्यवस्थापनमा सचेत रहेको भन्दै जग्गाको किनबेचमा रोक नलगाएको स्पष्ट पार्नुभयो ।
मन्त्री श्रेष्ठले भूमिहीनहरूका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सहकारी क्षेत्रको सुधारका लागि सहकारी सुधार कार्यदल गठन भई कार्य भइरहेको जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले गरिबी निवारण गर्नु सरकारको मुख्य लक्ष्य रहेको भन्दै गरिब घर परिवार पहिचान गरी आवश्यक सहुलियत र जीवनस्तर सुधारका कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्