तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगका कार्यालयहरू यथास्थिति मै सञ्चालन हुन्छन् : मन्त्री डा. महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचन कार्यालयलाई निष्पक्ष र स्वतन्त्ररुपमा कार्य गर्न दिने विषयमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डा. महतले निर्वाचन आयोगको स्वतन्त्रता प्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । 

मन्त्री डा. महतले  निर्वाचन आयोगको कार्यालयहरू यथास्थिति मै सञ्चालन हुने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री डा. महतले जिल्ला प्रशासन कार्यालय अन्तर्गत निर्वाचन कार्यालय रहने भन्ने विषयमा कुनै सत्यता नभएको भन्दै निर्वाचन कार्यालयहरू स्वतन्त्र रहने स्पष्ट पार्नुभयो ।  

यस अघि बैठकको शुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्हरुले  जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहने प्रस्ताव फिर्ता लिन सरकारसँग माग गर्नुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेका सांसद्हरुले माग पुरा नभए सम्म विरोध जारी राख्ने बताए पछि संसद् १५ मिनेटका लागि स्थगित भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button