जिल्लाबाटै लाइसेन्स नवीकरण,ट्रायल दिन बुटवल जानू नपर्ने
नवलपरासी । यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी पश्चिम् ले ब्लुबुक्क नवीकरण गर्दै आएकोमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण कार्य समेत सुरु गरेको छ ।
कार्यालयले सदरमुकाम परासीस्थित आफ्नो कार्यालयबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण कार्य सुरु गरेको हो ।
चालक अनुमतीपत्रको समेत जिल्लाबाटै नवीकरण हुन थालेपछि बुटवल धाउनु पर्ने अवस्थाको अन्त्य भएको सुनवल बडेराका आकाश चौधरीले बताउनु भयो ।
कार्यालयले यसअघि देखि सवारी कर उठाउँदै आएको थियो ।अबको एक हप्ता पछि दुई पाङग्रे सवारी साधनको ट्रायल परीक्षा समेत सोही कार्यालयबाट लिने तयारी गरिएको कार्यालयका कार्यालय प्रमुख श्याम कुमार पौडेलले जानकारी दिनुभयो ।ट्रायलका लागि आवश्यक पूर्वाधार तयार भैसकेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख पौडेलका अनुसार प्रदेश भित्रका सवारी साधनहरूलाई बाटो इजाजत (टिप शुल)समेत सोही कार्यालयबाट दिइने भएको छ ।
यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीले यातायात सम्बन्धि विभिन्न सेवा प्रदान गरेपछि जिल्लाका सेवाग्राहीहरूलाई सहज हुने विश्वास लिइएको पौडेलले बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्