तपाईँ सुन्दै हुनुहुन्छः

आश्रय गृहहरूको तीन दिने सम्मेलन काठमाडौँमा सुरु

काठमाडौँ । लैङ्गिक हिंसा पीडित महिलाहरूका लागि सञ्चालित आश्रय गृहहरूको तीन दिने सम्मेलन काठमाडौँमा सुरु भएको छ ।

साथी संस्थाले आयोजना गरेको आश्रय गृहहरूको पहिलो सम्मेलनको आज काठमाडौँमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा मन्त्री आचार्यले महिला र पुरुषबिचको समानताबिना सामाजिक विकासले फड्को मार्न नसक्ने बताउनुभयो ।

उहाँले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि अझ धेरै काम गर्न बाँकी रहेको बताउँदै महिलाका सन्दर्भमा बनेका ऐन कानुनहरू कार्यान्वयनमा जोड दिनुभयो ।

समारोहमा महिला अधिकारकर्मी एवं साथी संस्थाकी संस्थापक बन्दना राणाले हिंसा पीडित महिलाका निम्ति विभिन्न संस्थाले सञ्चालन गरेका आश्रय गृहमा पीडित महिलाको रक्षा, सुरक्षा र सशक्तीकरणका सम्बन्धमा सम्मेलनमा छलफल गरिने जानकारी गराउनुभयो ।

त्यसैगरी प्रतिनिधिसभाकी सांसद आरजु राणा देउवाले महिलाहरू आज पनि विभिन्न हिंसा सहन बाध्य भएको बताउँदै महिला हिंसा न्यूनीकरणका लागि राज्यले बनेका कानूनको कार्यान्वयन गनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा सातै प्रदेशबाट २ सय जना सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button