तपाईँ सुन्दै हुनुहुन्छः

धनगढी उपमहानगरपालिकाको बजेट करिब १ अर्ब ९३ करोड

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि करिब १ अर्ब ९३ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । 

नगरसभाको आजको बैठकमा उपप्रमुख कन्दकला कुमारी रानाले आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि कुल १ अर्ब ९३ करोड ८ लाख २४ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो । 

उपमहानगरले ल्याएको कुल बजेट मध्य चालुतर्फ १ अर्ब १७ करोड ४४ लाख ९७ हजार र पुँजीगत तर्फ ७५ करोड ६३ लाख २७ हजार विनियोजन गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले आयतर्फ आन्तरिक आय ३५ करोड ४३ लाख २० हजार, राजस्व बाँडफाँड ४६ करोड ९७ लाख ९२ हजार, अन्तर सरकार वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकार बाट ९२ करोड ८५ लाख तथा प्रदेश सरकारबाट ५ करोड ३२ लाख १२ हजार र मौज्दात १२ करोड ५० लाख अनुमान गरेको छ ।

उपमहानगरले कुल बजेटमध्ये पूर्वाधार विकासमा ३६ करोड ८३ लाख ७४ हजार, आर्थिक विकासमा ९ करोड ६५ लाख ९ हजार, सामाजिक विकासमा ८५ करोड ३६ लाख ५ हजार, सुशासन तथा अन्तर सम्बन्धितमा ५ करोड ६५ लाख ५५ हजार र कार्यालय सञ्चालनमा ५५ करोड ५६ लाख ९५ हजार  विनियोजन गरेको छ। 

उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलाई बजेटमा प्राथमिकता दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button