विनियोजन विधेयकमा उठेका विषयमा युवा तथा खेलकुद मन्त्री लिम्बुको जवाफ

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले मन्त्रालयका लागि २ अर्ब ८७ करोड ५९ लाख विनियोजन भएको जानकारी गराउनुहुँदै विनियोजन भएको रकम मध्ये ४० करोड ३० लाख स्थानीय तहबाट कार्यान्वयन हुने र ३९ करोड ६२ लाख प्रदेशबाट कार्यान्वयन हुने कार्यक्रम रहेको बताउनुभयो ।
विनियोजन विधेयक २०८० माथि प्रतिनिधिसभाको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री लिम्बुले प्रदेशबाट कार्यान्वयन हुने कार्यक्रममा भौगोलिक सुगमता र पूर्वाधारको उपलब्धतासमेतको आधारमा बजेट विनियोजन गरिएको र एक स्थानीय तह एक खेलकुद पूर्वाधार कार्यक्रम अन्तर्गत लागत साझेदारीमा १ सय ७० स्थानीय तहमा बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
मन्त्री लिम्बुले ७५३ वटै स्थानीय तहमा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आयोजना गर्ने गरी बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
उहाँले राष्ट्रिय युवा नीति २०७२, राष्ट्रिय खेलकुद नीति २०७६ लाई परिमार्जन गर्ने कार्य अगाडी बढाइएको, ऐन नियम परिमार्जन गरी युवाको विकास तथा परिचालन र खेलकुद क्षेत्रको विकासलाई समयानुकूल परिमार्जन गर्दै लगिने गरी कार्यक्रमहरू तय गरिएको पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्