विनियोजन विधेयकमाथि वन तथा वातावरण मन्त्री महतोको जवाफ

काठमाडौँ । वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतोले बनको दिगो व्यवस्थापन, सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षारोपण, भू तथा जलाधार संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको अनुकूलन र वातावरण संरक्षण कायम गर्दै वन क्षेत्रलाई आर्थिक वा उत्पादनमूलक क्षेत्रका रुपमा विकास गर्ने गरी बजेट प्रस्ताव गरिएको बताउनुभयो ।
विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री महतोले काठको उत्पादन वृद्धि गरी काठ तथा काष्ठजन्य बस्तुबाट मुलुकलाई आत्मनिर्भर बनाउने र आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

सामुदायिक वन साझेदारी वन र सरकारद्वारा संरक्षित वनहरूमा सिल्पस्कल्चरमा आधारित रहेर वनको दिगो व्यवस्थापन गर्दै काठ दाउरा उत्पादनका लागि प्रदेश सरकारमार्फत कार्यान्वयन गर्ने गरी सशर्त अनुदानको व्यवस्था गरिएको पनि वनमन्त्री महतोले बताउनुभयो ।
मन्त्री महतोले विनियोजन विधेयकमाथि सांसदहरूबाट उठाइएका विषयहरू अत्यन्त महत्वपूर्ण रहेकाले ती विषयहरूलाई सकारात्मक रुपमा लिएर अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।









प्रतिक्रिया राख्नुहोस्