तपाईँ सुन्दै हुनुहुन्छः

सिञ्जाका ७५ स्वयंसेविकालाई मोबाइल वितरण

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले ७५ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई मोबाइल वितरण गरेको छ ।

गाउँमा बेतलबी डाक्टरका रुपमा अनवरत सेवा प्रदान गर्दै आएका १ देखि ६ नम्बर वडाका ७५ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई मोबाइल वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताउनुभयो । उहाँका अनुसार स्वयम् सेविकाहरूलाई प्रोत्साहन स्वरूप सिमकार्ड सहित मोबाइल दिइएको हो ।

स्वास्थ्य सेवा प्रदानमा कठिनाइ भोग्दै आएका स्वयम् सेविकाहरू मोबाइल पाउँदा खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button