तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर बालकको मृत्यु

सर्लाही । सर्लाहीको गोडैतामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

शनिवार गोडैता नगरपालिका–२, स्थित भटुलिया का देवनारायण महतोको १० वर्षका छोरा आदित्य कुमार महतोको करेन्ट लागेर ज्यान गएको हो । छिमेकी रामजी महतोको घरमा मोटर जडान भएको चापाकलमा पानी लिन गएको अवस्थामा बालकलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएका बालकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा राखिएको जिल्ला प्रहरी कार्यालय मंलगवाले जनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button